माछापुच्छ्रे बैंकसँगको सहकार्यमा श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात


माछापुच्छ्रे बैंकसँगको सहकार्यमा श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विधुत प्राधिकरण रत्नपार्कको प्राङ्गणमा भएको हो ।

सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द« बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धकसर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।

नेपाल विद्मुत प्राधिकरणका कर्मचारीहरुले स्थापना गर्नु भएको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरहि सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।