एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्छः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउक छन । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताएका हुन ।

उनले भने, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताए । अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भने ।

फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।