चार महिनामा साढे आठ करोड किलो फलफूल तथा तरकारी आयात

0
Shares

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा काठमाण्डौ उपत्यकामा ८ करोड किलोग्राम भन्दा बढी फलफूल तथा तरकारीको आयात भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराएको तथ्यांक अनुसार साउन १ गतेदेखि कात्तिक ३० गतेसम्ममा उपत्यकामा ८ करोड ७७ लाख ६० हजार ६१२ किलोग्राम फलफूल तथा तरकारीको आयात भएको हो ।

चालु आवको चार महिनामा भारतबाट ३ करोड ४३ लाख ५९ हजार ५३० किलो खुर्सानी, टमाटर, आलु, गाजर, प्याज, कोबी, भान्टा, बोडी, लौका, कागती, आँप, सुन्तला, खरबुजा, मेवा,केरा तथा माछा लगायत अन्य फलफूल तथा तरकारी आयात भएको छ भने बंगलादेशबाट यस अवधिमा ६२ हजार किलोग्राम सेतो आलु मात्र आयत भएको तथ्यांकमा देखिएको छ।

त्यसैगरी चीनबाट यस चार महिना अवधिमा २ लाख ६४ हजार ९९० किलोग्राम फलफूल तथा तरकारी आयत भएकोे छ । जसमा स्याउ, केरा, कागती, सुन्तला,मेवा, अदुवा, हरियो धनीयाँ र लसुन आयात भएको छ । र बाँकी ५ करोड ३० लाख ७४ हजार ९२ किलोग्राम फलफूल तथा तरकारी नेपालका विभिन्न जिल्लाहरुबाट उपत्यका ल्याइएका हुन् ।

उपत्यकामा सबैभन्दा बढी मकवानपुर, धादीङ, चितवन, ललीतपूर, काभ्रे, दोलखा, भक्तपूर, काठमाण्डौ, रामेछाप, सर्लाही, सिन्धुपाल्चोक तथा गोर्खा लगायतका जिल्लाहरुबाट अन्य जिल्लाको तुलनामा बढी तरकारी तथा फलफूलको आयात भएको छ ।

जसमा पनि मकवानपुरबाट सबैभन्दा बढी तरकारीको आयात भएको छ । चालु आवको चार महिनामा मकवानपुरबाट १ करोड २९ लाख ७३ हजार १०० किलो फलफूल तथा तरकारीको आयात भएको पाइएको छ ।

त्यसैगरी धादिङबाट ९६ लाख ५४ हजार २९० किलो, काभ्रेबाट ७६ हजार ८४ लाख ३३२ किलो, दोलखाबाट ३० लाख ९५ हजार ६९५ किलो, सलार्हीबाट २० लाख ४१२, चितवनबाट १२ लाख ५९ हजार ५९०, ललितपूरबाट ३७ लाख ६४ हजार ५१२, दोलखाबाट ३० लाख ९५ हजार ६९५ किलो, काठमाण्डौबाट ५३ लाख २२ हजार ४६१ किलो, नुवाकोटबाट ९ लाख ३३ हजार ४१९ र गोर्खाबाट ९ लाख ६१ हजार ५६० किलोग्राम तरकारीको आयात भएको पाइएको छ । भने बाँकी अन्य जिल्लाहरुबाट आयात भएको समितिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।