ज्योति विकास बैंकको लाभांश प्रस्ताव

0
Shares

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर ९ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.५० प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ११ प्रतिशतका दरले बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।

बैंकले गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा ३ प्रतिशत धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट १० प्रतिशत बोनस वितरण गरेको थियो ।

यस्तो छ विगतको लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 11.00 4.50 15.50
2 2076/2077 10.00 0.00 10.00
3 2075/2076 12.75 0.00 12.75
4 2074/2075 0.00 8.40 8.40
5 2073/2074 10.00 0.00 10.00
6 2072/2073 11.70 0.00 11.70
7 2071/2072 9.00 0.00 9.00
8 2070/2071 7.00 0.00 7.00
9 2069/2070 7.00 5.60 12.60
10 2067/2068 0.00 8.50 8.50

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।