विद्युत ग्रिड आधुनिकीकरणका लागि एडीबीको थप ७ अर्ब सहुलियत ऋण

0
Shares

नेपालको विद्युत ग्रिड आधुनिकीकरणका लागि एशियाली विकास बैंक (एडीबी) ले थप ७ अर्ब ८ करोड रुपैयाँ सहुलियत ऋण सहयोग गर्ने भएको छ।

बैंकले विद्युत ग्रिड आधुनिकीकरणका लागि गर्दै आएको ऋणमा थप दिने भएको हो। बैंकले ६ करोड अमेरिकी डलर अर्थात ७ अर्ब ८ करोड रुपैयाँ ऋण दिन लागेको हो।

ऋण सहायता सम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा हस्ताक्षर हुने भएको छ। मन्त्रालयका अनुसार सम्झौतापत्रमा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट अमुद ककोइसले हस्ताक्षर गर्नेछन्।

यसैगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बैंकका कन्ट्री डाइरेक्टर ककोइसले परियोजनामा हस्ताक्षर गर्नेछन्।

एडीबीको ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण प्रणालीको आधुनिकीकरण गर्ने परियोजना सञ्चालन भइरहेको छ । सोही परियोजनाका लागि बैंकले थप ऋण दिन लागेको हो ।

परियोजनाले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।