एनएमबि बैंकले डाक्यो पुस २२ गते २६ औं वार्षिक साधारण सभा

0
Shares

एनएमबि बैंक (NMB) ले आगामी पुस २२ गते बिहीबार बैंकको २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

बैंक सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ४२८ औं बैठकले २६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभामा कार्तिक १२ गते सम्पन्न सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी कूल १५.८० प्रतिशत लाभांश अनुमोदन गर्र्ने मुख्य एजेण्डा रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ रहेको छ । प्रस्तावित २ अर्ब ४करोड ७ लाख ४५ हजार १०७ रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५८ रुपैयाँ पुग्नेछ ।

यस्तै सभामा बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, नियमनकारी निकायबाट कुनै संसेसन गर्न सुझाव आएमा सो अनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा गत आवको नाफा नोक्सान हिसाब सहितको वित्तीय विवरण स्वीकृति लागायतका एजेण्डाहरु समावेश रहेका छन् ।

नेप्से मार्फत सार्वजनिक सूचनामा बैंकले लाभांश वितरण तथा सभा प्रयोजनका लागि बुक क्लोजको मिति भने उल्लेख गरेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।