नारायणी डेभलपमेन्ट बैंकले तोक्यो हकप्रदकाे बुकक्लोज

0
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न शेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बैंकले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गतेशुक्रबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार मंसिर २३ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८०० रूपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निकाशनका लागि बैंकले असार ४ गते नेपाल धितोपत्र बोड(सेबोन) मा निवेदन पेश गरेकोमा बोर्डले मंसिर ३ गते, शुक्रबार अनुमति दिएको थियो ।

बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले यसअघि माघ १३ गतेदेखि फागुन ३ गतेसम्म १ः१ अर्थात ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।