नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
मंसिर १७ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।
जस अनुसार बैंकले १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ गरि २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँ लाभांश वितरण गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया