वेस्टर्न युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा


अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ ।

मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत मस्तिका नेपाली बि.क.विजेता घोषित भएकी हुन् ।

उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्ये नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीले ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म सञ्चालन गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले २० हजार रुपैंया जितिसकेका छन् ।

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्टहरु ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरेका सबै नेपालीप्रति आभार व्यक्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।