बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ गरि कारागार चलान

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ गरि कारागार चलान

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका एकजनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरीले मोरङको सुनसरी धरान उपमहानगरपालिका–७ की ५० वर्षीया सुनिला याखालाई शनिबार पक्राउ गरि कारागार पठाएको हो ।

उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले याखालाई बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर गरेको थियो ।

सो फैसला पछि फरार रहेकी उनलाई आफ्नै गायँमा लुकिछिपी बसेको अवस्ूथामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा दाखिला गरेर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार १७ : ४७ बजे