सिद्धार्थ बैंकको सीईओमा सुन्दर प्रसाद कडेल

0
Shares

सिद्धार्थ बैंक लिमिटेड (SBL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् ।

मंसिर २७ गते सोमबार बैंकको केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न बैंक सञ्चालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गगरेको हो ।

हाल बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका कडेल कडेललाई २०७८ मंसिर २७ देखि लागू हुने गरी आगामी चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिए।

कडेल यसअघि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए । बैंकले गत साउनमा कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो।

बैंकिङ्ग क्षेत्रको सेवामा कडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कडेलले सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी सकेका छन । उनी विगत ४ वर्ष देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

बैंक सञ्चालनमा विशेष दखल राख्ने कडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्ष काम गरेका थिए ।

बैंकका सीईओ शम्भुनाथ गौतमको कार्यकाल गत साउनमा समाप्त भएपछि बैंकमा सिइओको पद खाली थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।