इजरायल जाने नेपाली श्रमिकलाई करार सम्झौता गर्न विभागको आग्रह

0
Shares

वैदेशिक रोजगार विभागले इजरायल जाने नेपाली श्रमिकहरूको करार सम्झौता गर्न आग्रह गरेको छ ।

विभागले इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार पदका लागि छनौट भएका उम्मेदवारहरूको करार सम्झौता रोजगारदाताबाट हस्ताक्षर भई विभागमा प्राप्त भएको जनाएको छ ।

विभागले प्राप्त करार सम्झौता–पत्रमा सम्बन्धित उम्मेदवारहरूबाट ५ दिनभित्र सम्झौता गराई पीआईबिए, इजरायल पठाउन एवम् भिसा प्रक्रियाका लागि इजरायली दुतावासको कन्सुलर डिभिजनमासमेत पठाउने प्रयोजनाका लागि कागजात पेश गर्न अनुरोध गरेको छ ।

साथै कागजात पेश गर्न उम्मेदवार आफैले कागजात लिई व्यवसायिक सीप विकास तालिम प्रतिष्ठान, भैसेपाटी, ललितपुरमा आउन अनुरोध गरेको छ । उम्मेदवार उक्त कागजात आजको मितिले पाँच दिन भित्र समावेस गरिसक्नुपर्ने जनाएको छ ।

उम्मेदवारहरूले प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल प्रतिलिपि ३ थान, कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्रको सक्कलसहित प्रतिलिपि ३ थान, सक्कल राहदानी र सोको प्रतिलिपि ३ थान, पासपोर्ट साइजको हालसालै खिचेको फोटो २ थान, निवेदनका बखत पेश गरेको शैक्षिक र तालिमको प्रमाण–पत्रको सक्कलसहित सोको प्रतिलिपि ३ थान र संक्षिप्त विवरण सहित क्लियर ब्याग ३ थान हुनुपर्ने विभागले जानाएको छ ।

विभागका अनुसार उम्मेदवाहरूले बुधबारदेखि पुस ४ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठान, भैसे पाटी ललीतपुरमा कागजात पेश गर्न सक्नेछन् ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।