सेञ्चुरी बैंकको लाभांश घट्यो, कति गर्यो प्रस्ताव ?

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको पुस २ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव तुल्सी प्रसाद भट्टराईले जानकारी दिए ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट बैंकले प्रतिशत ५.२५ बोनस सेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद गरी कुल ७.५० लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश १.४५ प्रतिशत कम हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

यस्तो छ विगतको लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 5.25 2.25 7.50
2 2075/2076 2.00 4.75 6.75
3 2074/2075 2.00 4.50 6.50
4 2073/2074 5.00 5.00 10.00
5 2072/2073 10.00  0.00 10.00
6 2071/2072 9.00 0.47 9.47
7 2070/2071 6.00 3.47 9.47

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।