बिक्री गरिएका सामग्री फिर्ता हुँदा ‘पी एण्ड जी’ को सेयर भाउमा गिरावट

0
Shares

प्रोक्टर  एण्ड ग्याम्बल (पी एण्ड जी) ले आफ्ना हेयर केयरका उत्पादनमा क्यान्सर निम्त्याउने रसायन भेटिएपछि ती सामग्रीहरु फिर्ता मागि रहेको छ । जसको अप्रत्यक्ष असर पी एण्ड जीको सेयर मूल्यमा पनि देखिएको छ ।

अमेरिकी बहुराष्ट्रिय उपभोक्ता वस्तु उत्पादन गर्ने कम्पनी पी एण्ड जी काे १५% प्रतिशतले वृद्धि भइरहेको सेयर मूल्यमा क्रमिक रुपमा कमी आइरहेको छ । पी एन्ड जी को बजार पूँजीकरण ३ खर्ब अमेरिकी डलर भन्दा धेरै रहेको छ । तर उत्पादन सामग्री फिर्ता लिँदा कम्पनीको सेयर भने अप्रत्याशित रुपले घटिरहेको छ ।

प्यान्टिन, हर्बल इसेन्स, अस्सी तथा ओल्ड स्पाइस ब्रान्डहरूबाट उत्पादित ड्राई कन्डिसनर र शैम्पू स्प्रेहरू कम्पनीले फिर्ता मागिरहेको छ। अमेरिका र क्यानडामा बेचेका केही ड्राई कन्डिसनर र शैम्पू स्प्रेहरूमा मानव जातिलाई हानी पु¥याउने तत्व–बेन्जिन भेटिएका कारण उक्त सामग्री फिर्ता मागिरहेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।