सेयर मूल्याङ्कनमा ढिला सुस्ती हुँदा एलआईसीको आईपीओ अनिश्चित

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को आइपीओ रोकिएको छ ।

आर्थिक वर्ष २०२२ को मार्च सम्ममा आईपीओ जारी गर्ने भनिएकोमा मूल्याङ्कनमा भएको ढिलासुस्तीको कारण उक्त अवधिसम्म आईपीओ नआउने निश्चित भएको हो ।

भारत सरकारको सर्वाधिक स्वामित्वमा रहेको बीमा कम्पनीको मूल्याङ्कनमा सोचेभन्दा बढी समय लाग्ने र पूर्वतयारीको काम पूरा हुन नसकेकाले सरकारले चालु आर्थिक वर्ष २०२२ आईपीओ ल्याउने सम्भावना नदेखिएको हो ।

केही दिन अघि सेयर बजार अस्थिर भइरहेको अवस्थामा आइपीओ निष्कासन गर्ने बारे बृहत छलफल समेत भएको थियो । तर अन्ततः यो आर्थिक वर्षमा आइपीओ जारी नहुने भएको छ ।

एलआईसीको मूल्याङ्कनका सन्दर्भमा अझै पनि केही समस्याहरू समाधान गर्न आवश्यक रहेको र मूल्याङ्कन पछि पनि धेरै नियामक प्रक्रियाहरू पूरा गर्न बाँकी रहेको कुरा मर्चेन्ट बैंकका वरिष्ठ अधिकारीले बताए ।

प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) को लागी भारतीय धितो तथा विनिमय बोर्ड (सेबी) र भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीआई) को स्वीकृती चाहिन्छ । यी दुबै निकायबाट स्वीकृत नभएका कारणले पनि भारतीय जीवन बीमा कम्पनी एलआईसीको आईपीओ जारी हुन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।