कृषि विकास बैंकको अध्यक्ष रमेशकुमार केसीले लिए पद तथा गोपनियताको सपथ

0
Shares

कृषि विकास बैंक (ADBL)  को सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार केसीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नवनियुक्त अध्यक्ष केसीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा एक समारोहका बीच सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

नवनियुक्त अध्यक्ष केसीले नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन् । अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका केसीलाई सरकारले बैंकको अध्यक्ष नियुक्त गरेको थियो  ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु क्रमशः डा निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंक लिका सञ्चालक समिति सदस्य संजिव पौडेल, डा इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।