प्राइम कमर्सियल बैंकको १६ प्रतिशत लाभांश पारित

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) को १४ औं वार्षिक साधारणसभाले १६% बोनस वितरणको प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने २ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पूँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने प्रस्ताव पारित गरेको हो ।

साथै आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।

साधारणसभामा अध्यक्ष श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।