तरलता समस्या समाधानका लागि राष्ट्र बैंकद्धारा हालसम्म २९ खर्ब रुपैयाँ परिचालन

0
Shares

नेपाल राष्ट्र बैंकले तरलता समस्याका लागि पुस ५ गतेसम्ममा बैंकिङ्ग प्रणालीमा २९ खर्ब ८ अर्ब रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ ।

केन्द्रीय बैंकले स्थायी तरलता सविधा मार्फत २५ खर्ब, ओभरनाइट रिपो मार्फत ६९ अर्ब, रिपो मार्फत २ खर्ब २० अर्ब र सोझै खरिद मार्फत २७ अर्ब र ९२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा सुविधा स्वीकृत गरेको हो ।

यसका अतिरिक्त राष्ट्र बैंकले तरलता समस्या सुधारका लागि नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत रकम बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएको जनाएको छ ।

यसैगरी कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको तथा व्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने जनाएको छ ।

बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तर्कृया कार्यक्रममा गभर्नरलेनेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट पारेका थिए ।

उनले उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभाव भएको दोर्होयाउँदै आयात उच्च भएका कारण तरलता अभाव हुँदै अहिले शोधनान्तर घाटा बढेको तथा विदेशी मुद्रा सञ्चिति घटेकाले केही वस्तुको आयात निरुत्साहित गर्ने नीति लिएको दाबी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।