शेयर खेलाडी झुनझुनवालाको उड्ययन क्षेत्रमा लगानी, अकासा एयरलाइन्स सञ्चालन गर्ने

0
Shares

शेयर बजारका पक्कड खेलाडी राकेश झुनझुनवालाले आफ्नै नयाँ हवाई भेन्चर स्थापना गरेका छन् । उड्डयन क्षेत्रका दिग्गज विनय दुबे र आदित्य घोषसँगको संयुक्त लगानीमा राकेश झुनझुनवालाले अकासा एयरलाइन्स सञ्चालन गर्ने भएका हुन् ।

भारतीय हवाई क्षेत्रमा सबैभन्दा सस्तो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने उद्देश्यले अकासा एयरलाइन्स सञ्चालनमा आउने भएको हो । सन् २०२२ को मार्चबाट सञ्चालनमा ल्याउने भनिएको अकासा एयरलाइन्सको ट्यागलाइन र आवरण सार्वजनिक भएको गरिएको छ ।

सुन्तला र बैजनी रंगमा ‘राइजिङ ए’ प्रतिकको साथ आफ्नो ट्यागलाइन ‘इट्स योर स्काई’ र विमान लिभरी सार्वजनिक गरेको छ । ‘राइजिङ ए’ चिन्ह आकाशका तत्वहरूबाट प्रेरित भई बनाइएको छ । उक्त चिन्हलाई उदाउँदो सूर्यको न्यानोपन, चराको सहज उडान र विमानको निर्भर उडानको प्रतिक मानिएको छ ।

दुबई एयर शोमा, अकासा एयरले ७२ वटा ‘बोइङ ७३७ म्याक्स’ परिवारका विमानहरू अर्डर गरेको छ। यो अर्डर विश्वव्यापी रूपमा म्याक्स विमानका लागि सबैभन्दा ठूलो अर्डर हो। सन् २०२२ बाट सञ्चालन सुरु गर्न एयरलाइन्सले नागरिक उड्डयन मन्त्रालयबाट प्रारम्भिक अनुमति (एनओसी) प्राप्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।