लक्ष्मी बैंकको लाभांश पारित, चुक्ता पूँजी ११ अर्ब ५५ करोड

0
Shares

लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार काठमाण्डूमा लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

आ.व. २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।