निर्जीवन बीमकको पाँच महिनाकाे व्यवसायः शिखर शीर्ष स्थानमा रहँदा सानिमा जनरल पुछारमा

0
Shares

नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले २७.३९ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंसिर महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोड ६९ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये मंसिर महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ८४ करोड ४१ लाख ५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

गत आवको यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

विसं २०७८ मंसिरसम्ममा संकलित कुल बीमाशुल्कमध्ये शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै १६७.७७ करोड बीमाशुल्क संकलन गरेको छ भने सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले ३७.४२ करोड रुपैयाँ संकलन गरेको छ ।

यस अवधिमा सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले १०० करोड माथि बीमा शुल्क संकलन गरेको छ ।

S.N Non Life Insurance Company Total Premium Collecation in Crore
    Mangsir 2078 Till  Mangsir 2078
1 Shikhar Insurance  29.3190 167.7752
2 Sagarmatha Insurance  25.1949 145.3627
3 Neco Insurance 25.3954 130.9700
4 Siddhartha Insurance  21.1961 111.3044
5 NLG Insurance 17.2415 100.5940
6 Premier Insurance  13.8567 91.6438
7 United Insurance Co. (Nepal)  14.6782 73.4396
8 Himalayan General  11.3183 70.2173
9 Ajod Insurance  15.0074 66.4209
10 IME General Insurance 13.3336 65.4244
11 Nepal Insurance  16.8900 63.5000
12 Prabhu Insurance  10.6300 62.0600
13 Lumbini General 14.7605 61.8299
14 Oriental Insurance  9.6113 57.2365
16 Rastriya Beema Company 6.5971 55.2870
15 Prudential Insurance  9.4067 52.8666
17 Everest Insurance  9.2436 51.2559
18 General Insurance  6.6765 39.2393
19 National Insurance  5.4231 38.8464
20 Sanima General Insurance  8.6305 37.4170
  Total 284.4104 1542.6909

 

मंसिरसम्ममा १२ वटा निर्जीवन बीमा कम्पनीकाहरुले ५० करोडदेखि १०० करोडसम्म बीमाशुल्क संकलन गरेका छन् भने ५० करोडभन्दा कम कुल बीमाशुल्क संकलन गर्ने कम्पनीको संख्या ३ रहेको छ ।

यस अवधिमा प्रिमियर इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, ओरिएण्टल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले ५० करोडभन्दा माथि १०० करोडभन्दा कम कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा जनरल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ५० करोडभन्दा कम कुल बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिरमा कुल २८४ करोड बीमाशुल्क संकलन

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पाँचौं महिना अर्थात मंसिरमा २ अर्ब ८४ करोड ४१ लाख ४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा शिखर, नेको, सगरमाथा, र सिद्धार्थ इन्स्योरेन्सले २० करोडभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन् । एनएलजी, नेपाल इन्स्योरेन्स, अजोड, लुम्बिनी, युनाइटेड, प्रिमियर, आईएमई जनरल, हिमालयन जनरल र प्रभु इन्स्योरेन्सले मंसिरमा १० करोडभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

S.N Non Life Insurance Company Total Premium Collecation in Crore
    2078 Mangsir Till  Mangsir 2078
1 Shikhar Insurance  29.3190 167.7752
2 Neco Insurance 25.3954 130.9700
3 Sagarmatha Insurance  25.1949 145.3627
4 Siddhartha Insurance  21.1961 111.3044
5 NLG Insurance 17.2415 100.5940
6 Nepal Insurance  16.8900 63.5000
7 Ajod Insurance  15.0074 66.4209
8 Lumbini General 14.7605 61.8299
9 United Insurance Co. (Nepal)  14.6782 73.4396
10 Premier Insurance  13.8567 91.6438
11 IME General Insurance 13.3336 65.4244
12 Himalayan General  11.3183 70.2173
13 Prabhu Insurance  10.6300 62.0600
14 Oriental Insurance  9.6113 57.2365
15 Prudential Insurance  9.4067 52.8666
16 Everest Insurance  9.2436 51.2559
17 Sanima General Insurance  8.6305 37.4170
18 General Insurance  6.6765 39.2393
19 Rastriya Beema Company 6.5971 55.2870
20 National Insurance  5.4231 38.8464
  Total 284.4104 1542.6909

 

ओरियन्टल इन्स्योरेन्स, प्रुडेन्सियल, एभरेष्ट, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सले मंसिरमा १० करोडभन्दा कम कुल बीमाशुल्क उठाएका छन् । मंसिरमा सबैभन्दा कम बीमाशुल्क संकलन गरेको नेशनल इन्स्योरेन्सले ५.४२ करोड बीमाशुल्क संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।