एनबि बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) ले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् ।

नेपाल इन्फास्ट्रक्चर बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई एनबि बैंकले सिनियर डेपुटी सीईओ बनाएर भित्र्याएको हो । पाण्डेलाई पुस ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।

निफ्राको डेपुटी सीईओ हुनुअघि पाण्डे राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीईओ थिए । चाटर्ड एकाउन्टेन्ट पाण्डेसँग बैंक तथा बीमा कम्पनीमा करीब दुई दशक लामो कार्य अनुभव छ ।

नेपाल बंगलादेश बैंकमा सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल अन्तिम चरणमा छ । सीईओ ज्ञानेन्द्र ढुंगानाको दोस्रो कार्यकाल यहि पुस १७ गते सकिँदैछ । उनको कार्यकाल समाप्तिपछि पाण्डेलाई भावी सीईओको रुपमा नियुक्त गरिएको बताइन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।