स्पेसएक्सको बजार पूँजीकरण १ खर्ब अमेरिकी डलर पुग्योः सन् २०४० सम्म १० खर्ब पुर्‍याउने लक्ष्य

0
Shares

स्पेसएक्सको बजार पूँजीकरण १ खर्ब अमेरिकी डलर पुगेको छ ।

विश्वका धनी व्यक्तिहरुको सर्वोत्तम श्रेणीको सूचीमा रहेका एलोन मस्कको  उक्त कम्पनीले आन्तरिक रुपमा ७५ करोड अमेरिकी डलर बराबरको सेयर बिक्री गरेपछि स्पेस एक्सको बजार पूँजीकरणमा उच्च वृद्धि आएको हो ।

कम्पनीले ५६० डलर प्रति शेयरमा लगानीकर्ताहरुलाई सेयर बिक्री गरेको थियो । सन् २०२१ फेब्रुअरी महिनासम्म ७४ अर्ब अमेरिकी डलर बराबरको पूँजीकरण रहेको कम्पनीको सेयर बजार पूँजीकरण २०२१ को अन्त्यमा आइपुग्दा १ खर्ब बराबरको पुगेको हो । कम्पनीले सन् २०४० सम्म आफ्नो बजार पूँजीकरण १० खर्ब पुर्‍याउने सोच बनाएको छ ।

एलोन मक्सको स्पेसएक्स कम्पनी निजी बजार पूँजीकरणको हिसाबले सेन्टीकर्न श्रेणीमा पुग्ने थोरै कम्पनहरु मध्येको एक हुन पुगेको हो । यस अघि एयरबीएन्डबी, बाइटडान्स जस्ता कम्पनीहरु उक्त श्रेणीमा पुगिसकेका छन् ।

स्पेसएक्सले दुईवटा पूँजी–गहन परियोजनाहरूमा कामहरु गरिरहेको छ । स्टारसिप र स्टारलिङ्क परियोजनामा काम गर्न अरबौं रकम जुटाएकोले कम्पनीको मूल्याङ्कन विगत केही वर्षहरूमा बढेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।