स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत लाभांश पारित

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विहीवार काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद वितरणको प्रस्ताव पारित गरेको हो।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साधारण सभाले आ.व. २०७७÷७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को मंसिर मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ५४ हजार ९ सय ८७ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशको सातै प्रदेशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ साथै जारी तथा चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।