दश क्यासिनोलाई पुसभित्र रोयल्टी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

0
Shares

पर्यटन विभागले विभिन्न १० क्यासिनोलाई पुसमसान्तभित्र रोयल्टी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।

विभागले आर्थिक वर्ष ०७६/०७७ सम्म नियमित रुपमा रोयल्टी दाखिला गरेका र नवीकरणका लागि कागजात पशे गरेका १० क्यासिनोलाई पुस मसान्तभित्र रोयल्टी तथा नवीकरण दस्तुर बुझाउन भनेको हो।

विभागले यी १० क्यासिनोहरूलाई २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुर र २०७८/७९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न सूचना जारी गरेको छ ।

विभागले सांग्रिला होटलको एसएचएल म्यानेजमेन्ट सर्भिस, होटल टाइगर वन परिसर भैरहवाको एसएचएल म्यानेजमेन्ट सर्भिस, तारागाउँ रिजेन्सी होटलको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिएसन, मल्ल होटलको बेल्लीज नेपाललाई रोयल्टी तिर्न र नवीकरण दस्तुर बुझाउन भनेको हो ।

त्यसैगरि होटल म्यारियटको डेल्टइन नेपाल, भ्यु होटल नेपालगञ्जको ज्याकपट गेमिङ सेन्टर, इच्छा होटल सीमाराको स्माइल कलेक्सन, होलट सोल्टी नेपालगञ्जको इम्पेरियल इन्टरटेनमेन्ट र सोल्टी होटल काठमाडौंको माजोङ इन्टरटेनमेन्टलाई रोयल्टी बुझाउन र नवीकरण गर्न भनेको हो।

विभागले पुसमसान्तभित्र रकम दाखिला नगरेमा थप शुल्क लाग्ने जनाएको छ । साथै समयमा नविकरण नभएका कम्पनीहरुको भने इजाजतपत्र रद्द हुने बताएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।