प्राइम कमर्सियल बैंकले साढे २ अर्बको ऋणपत्र बिक्री गर्ने

0
Shares

प्राइम कमर्सियल बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले दीर्घकालीन लगानीको स्रोत जुटाउनका लागि सो रकम बराबरको ऋणपत्र बिक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

बैंकले पुस २१ गते २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

कुल २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्यक्तिगत तवरबाट बिक्री गर्ने जानकारी गराएको छ ।

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको (२०८८ सम्म) लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
बैंकले ऋणपत्र निष्कासन गर्नका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।