एनसीएचएलको ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित, सञ्चालकमा श्रेष्ठ र गुरुङ निर्विरोध


नेपाल क्लियरिङ्ग हाउसले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार सम्पन्न दशौँैँ वार्षिक साधारण सभाले सञचालक समितिका तर्फबाट भएको प्रसताव पारित गरेपनि बोनस वितरण गर्ने न्ििरचत भएको हो ।

 

नेपाल सरकारले लागु गरेको सम्पूर्ण कोभिडको प्रोटोकोलहरुकोपालना गरी अनलाइन र अफलाइन माध्यमबाट भएको सो साधारणसभाले कम्पनीको चूक्ता पुँजी वृद्दि गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी ४१.१ करोडरबाट बढेर ५६.७६ करोड रुपौयँ पुगेको छ । साधारणसभाले कम्पनीको अधिकृत पुँजी पनि १ अर्ब पु¥याउने निर्णय गरेको छ । बोनस सेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले पूँजीवृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न लगानी गर्ने कम्पनीले जनाएको छ ।
गत आवमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले बढेको छ । त्यसै गरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्तगरेको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले धेरै हो ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुइ जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । बिकास बैंकलाई प्रतिनिधित्वगर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्वगर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका छन ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीकातर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधीहरु रहेका छन् ।

कम्पनीले ्एनसीएचएल इसीसी, एनसीएचएल आइपिएस र कनेक्ट आइपीएस लगायतका भुक्तानी प्रणालीहरु मार्फत गत आवमा १३०.४३ खर्ब बराबरको ४.४८ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको जानकारी कम्पनीले दिएको छ । २०७७/७८ मा ६० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,७२८ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।