२० वर्षसम्म बैंकबाट नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका निष्क्रिय खातामा २० वर्षसम्म नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको रकम कोषमा जम्मा गर्न भनेको हो । निष्क्रिय रकम कोषमा जम्मा गरे पनि निक्षेपकर्ताको विस्तृत विवरण बैंक तथा वित्तीय संस्थाले नै सुरक्षित राख्नुपर्नेछ ।

बैंकिङ विकास कोषमा जम्मा भइसकेको रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेश गर्नुपर्नेछ ।

आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना व्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैकको बैंकिङ विकास कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।