एनबी बैंकको सेयर कारोबार रोक्का

0
Shares

नेपाल बंगलादेश (एनबी) बैंकको धितोपत्रको दोस्रो बजार कारोबार (सेयर कारोबार) शुक्रबारदेखि रोक्का भएको छ ।

बिहीबार नबिल बैंकले प्राप्ति गर्ने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बैंकको दोस्रो बजारमा हुने कारोबार रोक्का गरिएको हो ।

यससँगै अब मर्जर तथा प्राप्ती प्रकृया नटुङ्गिएसम्म एनबी बैंकको सेयर कारोबार नेप्सेमा रोकिनेछ । दुई बैंकहरुले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।

बिहीबार एनबी बैंकले नबिल बैंकसँग प्राप्ती प्रकृयामा जाने प्राप्ति गर्ने प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको छ । दुई बैंकबीच सेयर अनुपात १००ः४३ रहने समझदारी छ ।

नबिलले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपछि नबिल बैकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै चुक्ता पूँजी २२ अर्ब ५० करोड, कर्जा तीन खर्ब, निक्षेप तीन खर्ब १४ करोड हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्ब माथी हुने जनाइएको छ । शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछ भने ग्राहक संख्या १६ लाख माथी हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।