नेपाल बङ्गलादेश बैंकको कामु सीईओमा भुपेन्द्र पाण्डे

0
Shares

नेपाल बङ्गलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीइओ पदमा कार्यरत रहेका थिए ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पाण्डे फेलो चार्टर्ड अकाउन्टटेन्ट (FCA) समेत हुन् ।  एनबी बैंकले हाल १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएम मार्फत बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

नेपाल बंगलादेश बैंकमा सीईओ ज्ञानेन्द्र ढुंगानाको दोस्रो कार्यकाल गत पुस १७ गते सकिएपछि बैंकमा सीईओ पद रिक्त रहेको थियो । ढुंगानाको कार्यकाल समाप्तिपछि भावी सीईओको भित्र्याउने उदेश्यका साथ पुस ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई माघ १ गतेदेखि लागू हुने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो । उनलाई कामु सीईओको समेत जिम्मेवारी दिइएकाे हाे ।

एनबी बैंकले पुस २९ गते नबिल बैंकसँग प्राप्ती प्रकृयामा जाने सम्झौता गरिसकेकाले पाण्डे मर्जर नहुँदासम्म कामु सीईओको भुमिकामा रहनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।