कृषि विकास बैंकको विभिन्न शुल्कमा आर्कषक छुट प्रदान गर्ने

0
Shares

कृषि विकास बैंक लिमिटेड (ADBL) ले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने भएको छ ।

बैंकले माघ ७ गते देखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, डिम्याट, सि–आश्वा, मेरो सेयर र लकर सेवा नलिएका ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

साथै बैंकले २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली माथिका सेवा लिने ग्राहकहरुलाई पनि सेवा शुल्कमा ५० प्रतिशत छुट दिनेछ भने चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।

यस अवधिमा उपलब्ध गराएको अवसरको सदुपयोग गर्न बैंकले सम्पूर्ण ग्राहकहरुलाई अनुरोध समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।