एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ । जुन वार्षिक बिन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ । जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा १७ प्रतिशतले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पु¥याएको छ । साथै, निक्षेप ८ प्रतिशतले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड पु¥याएको छ ।

बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ छ । निष्कृय कर्जा ०.४७ प्रतिशत मात्र छ ।

बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जनाएको छ । बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Particulars NIC Asia Bank Limited
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Share Capital Rs ‘000 11,564,005.37 11,564,005.37 0.00
Net Profit Rs ‘000 2,402,066.31 2,060,537.51 16.57
Annualized EPS (Rs.) 41.54 35.64 16.55
Net Worth per share (Rs.) 199.89 180.76 10.58
Reserve & Surplus Rs ‘000 11,550,884.17 9,339,614.09 23.68
Deposit from Customers Rs ‘000 294,940,872.91 287,024,798.91 2.76
Loans and Advances Rs ‘000 261,923,033.78 248,770,354.08 5.29
Net Interest Income Rs ‘000 5,241,672.30 3,946,806.48 32.81
Impairment charge/(Reversal) for loans Rs ‘000 342,062.89 -71,927.90 575.56
Operating Profit Rs ‘000 3,420,555.02 3,038,108.88 12.59
Capital Adequacy Ratio (CAR) 12.43% 12.16% 2.22
Cost of Funds (%) 7.06% 5.22% 35.25
Base Rate (%) 9.44% 6.65% 41.95
CD Ratio (as per NRB Directives) 86.68% 76.01% 14.04
Non-performing Loan (%) 0.47% 0.43% 9.30
Price to Earnings (Times) 21.19    

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।