कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड माथि, केही सूचाङ्क घट्दा अधिकांशमा प्रगति

0
Shares

कृषि विकास बैंक लिमिटेड (ADBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४२ करोड ५२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३२ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ८८ करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी १९.११ रुपैयाँ छ । गत आवको यही अवधिमा ईपीएस १७.७५ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ २०५.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.३५ गुणा छ । बैंकको जगेडा कोषमा ८.७१ प्रतिशत घटेर १० अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ३.२७ प्रतिशतले घट्दा कर्जा लगानी १५.७३ प्रतिशतले बढेको छ । यस्तै बैंकको खुद ब्याज आम्दानी २९.९६ प्रतिशत, सञ्चालन मुनाफा ९.८८ प्रतिशतले बढेको छ । बैंकले ३ अर्ब ७४ करोड २७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा २ अर्ब ८ करोड १८ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ८९ करोड रुपैयाँ थियो ।

बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६२ करोड १० लाख रुपैयाँ पुगेको छ ।

बैंकले यो अवधिसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म पनि बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकले खराब कर्जा अनुपात घटेर २.०८ प्रतिशतमा सीमित बनाउँदा सीडी रेसियो ९५.३२ प्रतिशत, आधार दर ७.५३ प्रतिशत र कस्ट अफ फण्ड ५.५१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।