मुक्तिनाथ विकास बैंकको नाफा घट्यो

0
Shares

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमास सम्ममा ६० करोड २४ लाख खुद नाफा गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २.१४% ले कम हो ।

बैंकको खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि २५.५९ रुपैयाँ बाट घटेर २१.३० रुपैयाँ कायम भएको छ । व्याज आम्दानीमा ५१.७७% को वृद्धि भएपनि अन्य संचालन खर्च बढेकोले बैंकको खुद नाफामा गिरावट आएको हो।

५ अर्ब ६५ करोड चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष साढे १७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड पुगेको छ। बैंकको कुल शेयरधनी कोषमा ७ अर्ब ३७ करोड जम्मा भएको छ ।

बैंकले दोश्रो त्रैमाससम्ममा ९९ अर्ब ३५ करोड निक्षेप संकलन गरी ८९ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ३२.७० र ४३.५१ प्रतिशतले बढेको हो। बैंकको निष्कृय कर्जा अनुपात ०.२६% मा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।