सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ माथि

0
Shares

सिद्धार्थ बैंक लिमिटेड (SBL) को वार्षिक प्रतिसेयर आम्दानी २५.१९ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १८.८२ रुपैयाँ रहेको बैंकको वार्षिक इपिएस ६.०३ रुपैयाँले बढेको हो ।

सिद्धार्थले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले कमाएकाे यो नाफा गत आवको यसै अवकिो तुलनामा ७१.६८ प्रतिशत ले धेरै हो ।

गत आवको दोस्रो त्रैमासमा बैंकले ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा सुधार भएपछि बैंकको खुद नाफा आकर्षक रुपमा बढेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ६८ करोड ८३ लाख रुपैयाँ छ ।

पुस मसान्तसम्म बैंकले १ खर्ब ८८ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ संकलन गरी १ खर्ब ७६ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले ३ अर्ब ६९ लाख खुद ब्याज आम्दानी र २ अर्ब २८ करोड ८ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा सिद्धार्थको निक्षेप संकलन ४.३५ र कर्जा लगानी ११.५४ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी १८.७९ प्रतिशत, सञ्चालन नाफा ७०.३२ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.५७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १७१.२५ रुपैयाँ, कस्ट अफ फण्ड ६.५९ प्रतिशत, आधारदर ८.५२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।