प्राइम बैंकको अधिकांश सूचक घटेसँगै नाफामा पनि संकुचन

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा ७.४३ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीसँगै अधिकांश आम्दानीका सूचक घट्दा त्यसको प्रतक्ष्य असर खुद नाफामा देखिएको हो । कोष्को लागत बढेर ब्याज खर्च बढ्दा बैंकलाई नाफा बढाउन चुनौति थपिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा ८८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४.५६ रुपैयाँ घटेर १७.९९ रुपैयाँमा संकुचित बनेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.६७ गुणा छ ।

पुस मसान्तसम्म बैंकले १ खर्ब ५८ अर्ब ९३ करोड ९ लाख रुपैयाँ संकलन गरी १ खर्ब ५४ अर्ब ३९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले २ अर्ब ७६ करोड ४२ लाख खुद ब्याज आम्दानी र २ अर्ब ४० करोड ९७ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ५.१८ प्रतिशत, फि तथा कमिशन आम्दानी २१.७५ प्रतिशत र सञ्चालन मुनाफा ७.०७ प्रतिशत घटेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप ३.११ प्रतिशत, कर्जा लगानी १४.०४ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष ५९ करोड ५२ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.७८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३६.९१ रुपैयाँ, कस्ट अफ फण्ड ७.२९ प्रतिशत, आधारदर ८.९८ प्रतिशत र सिडी रेसियो ९४.८३ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।