स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ८ करोड

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  गत आवको यसै अवधिमा ७२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा ४९.३५ प्रतिशतले बढेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ७५ करोड ४६ लाख १४ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रहेको बैंकको प्रतिसेयर आम्दानी २३.०५ रुपैयाँ छ । जगेडा कोषमा ५ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ सञ्चित बैंकको प्रतिसेयर नेटवर्थ १८०.२८ रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८६ अर्ब २८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब १० करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ५५ करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत अवको यसै अवधिमा खुद ब्याज आम्दानी १ अर्ब १५ करोड २१ लाख र सञ्चालन नाफा १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ४३.९० र सञ्चालन नाफा ४८.६९ प्रतिशतले बढेको छ ।

बैंकको खराब कर्जा अनुपात घटेर ०.४४ प्रतिशत कायम हुँदा कस्ट अफ फण्ड ४.३० प्रतिशत, आधारदर ६.८३ प्रतिशत, सिडी रेसियो ८७.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात २१.६९ गुणा र स्प्रेडदर २.६६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।