महालक्ष्मी विकास बैंकको खुद नाफा साढे ४५ करोड माथि

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL)  ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा ३४ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको बैंकले ३१.५५ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा २७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७.३० रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ७७ करोड सञ्चित रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७८.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.६० गुणा छ ।

यस अवधिमा बैंकले ४० अर्ब ४७ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ७७ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६५ प्रतिशतले बढेर ८६ करोड २४ लाख पुगेको छ भने सञ्चालन मुनाफा ४१.३६ प्रतिशतले बढेर ६८ करोड ४ लाख कायम भएको छ ।

बैंकको कस्ट अफ फण्ड ७.१३ प्रतिशत, खराब कर्जा २.८९ प्रतिशत, र मूल्य आम्दानी अनुपात १९.६० गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।