एनआईसी एशिया बैंकको लाभांश रद्द

0
Shares

एनआईसी एशिया बैंक लिमिटेड (NICA) को लाभांश रद्द भएको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान नगरेपछि बैंकले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट प्रस्ताव गरेको लाभांश बैंक सञ्चालक समितिको बैठकले रद्द गरेको हो ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नभएको कारण देखाउँदै प्रस्तावित लाभांश स्वीकृत नभएको जानकारी एनआईसी एसिया बैंकलाई पठाएको थियो ।

गत कात्तिक ८ गते सम्पन्न सञ्चालक समितिको चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै राष्ट्र बैंकको स्वीकृति मागेको थियो ।

बैंकले यस निर्णयबाट बैंकका सेयरधनीहरु लगायत सम्पूर्ण सरोकारावालाहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।