रुस र युक्रेनको टकरावका कारण कच्चा तेलको मूल्य बढ्दै

0
Shares

रुस र युक्रेनबीच चर्किँदै गएको द्धन्दका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझ बढेको छ । यी दुई राष्ट्रहरुबीचको टकरावका कारण आपूर्तिमा अवरोध सिर्जना हुँदा तेलको मूल्यदर वृद्धि भएको छ।

सन् २०२२ को सुरुवातमा तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) ले प्रति दिन ४ लाख ब्यारल तेल रिलिज गर्ने सम्झौता गरेपछि तेलको मूल्य स्थिर रहने विज्ञहरुको अनुमान थियो।

तर ओपेकले सम्झौता अनुरुपको आपूर्ति गर्न नसक्दा तेलको मूल्य वृद्धि भएको थियो। बढ्दै गएको रुस र युक्रेनबीचको र युएइ र यमनबीचको द्धन्दले गर्दा आपूर्ति अवरोध हुन गई तेलको मूल्य आकाशिएको छ।

जनवरी महिनाको सुरुवातमा बे्रन्टले ७८.९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने अन्तिम हप्तामा आउँदा मूल्य वृद्धि भई ८७.५१ अमेरिकी डलर प्रति ब्यारल भएको छ। त्यसैगरी महिनाको सुरुवातमा ७६.०८ डलर प्रति ब्यारलमा खरिद गरेको वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आइ)ले अन्तिम सातामा ८५.४३ डलर प्रति ब्यारलमा खरिद गरेको छ।

अमेरिकी तथा युरोपेली राष्ट्रहरुमा हिटिङ आयलको माग अनुसारको आपूर्ति हुन नसक्दा पनि कच्चा तेलको मूल्य वृद्धि भएको विज्ञहरुको भनाइ रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।