एनआईसी एशिया बैंकको ३८ शाखा तथा विस्तारित काउन्टर आज बन्द रहने

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले देशभर रहेका विभिन्न ३६ वटा शाखा तथा विस्तारित काउन्टर आज मंगलबार बन्द गरेको छ ।

कोभिड १९ को तेस्रो लहरबाट सिर्जित भएको असहज परिस्थितिका कारण ती शाखा बन्द गर्नुपरेको बैंकले जनाएको छ । वागमती प्रदेशका २८ वटासहित हुल ३८ शाखा बन्द रहने भएका हुन् ।

बैंकको सूचना अनुसार मंगलबार वागमती प्रदेशका न्यूरोड (खिचापोखरी), नेपाल ल क्याम्पस, दरबारमार्ग, कीर्तिपुर, माछापोखरी, गोलढुंगा, लामाटार, ठूलोभर्याङ, चन्द्रागिरि, एलआरआई स्कुल एसिया कलंकी, पेप्सीकोला, गोठाटार, कौशलटार, सिनामंगल, काँडाघारी, गोदाबरी किटिनी, बूढानीलकण्ठ, महाराजगन्ज, सातदोबाटो, धोबीघाट, लुभु, थैव, मूलपानी, डाँछी, बसेनी, नारायणगढ, धुलिखेल र इकाछु शाखा तथा विस्तारित काउन्टहरु पनि बन्द रहने बैंकले जनाएको छ ।

यस्तै प्रदेश १ मा तीन वटा बन्द रहनेछ । जसमा रोडशेष चोक (विराटनगर शाखा), बुधबारे शाखा तथा इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर बन्द हुनेछ । मधेश प्रदेशमा महेन्द्रनगर धनुषा शाखा, गण्डकी प्रदेशमा पावरहाउस चोक शाखा तथा लुम्निीमा देवकोटा चोक शाखा र भैरहवा शाखा तथा कर्णालीमा जुम्ला रोड शाखा बन्द हुनेछ ।

अन्य शाखा भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने बैंकले जनाउँदै बैंकिङ कारोबार गर्दा डिजिटिल माध्यमलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।