ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का, हरिप्रसादको राजीनामा स्वीकृत

0
Shares

ज्योति विकास बैंक (JBBL) को अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् ।

माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आइरहेका खड्कालाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो ।

तत्कालीन बैंकका अध्यक्ष हरिप्रसादले माघ १० गते अध्यक्ष तथा सञ्चालक समिति सदस्य दुवै पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । यसअघि हरिप्रसादले संस्थापक शेयरधनी समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले हरिप्रसादले दिएको राजीनामा स्वीकृत गरेको नेप्सेमा दिइएको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।