विश्वव्यापी रुपमा आर्थिक वृद्धिदर घट्ने आइएमएफको प्रक्षेपण

0
Shares

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएपछि अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ को आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ।

आइएमएफद्धारा प्रकाशित विश्व आर्थिक दृष्टिकोणको त्रैमासिक अपडेटमा विश्वव्यापी आर्थिक वृद्धिदर ४.४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ।

यस अघि सन् २०२१ मा आइएमएफले आर्थिक वृद्धि दर ५.९ प्रतिशत हुने अनुमान गरेको थियो भने गत अक्टोबर महिनामा ४.९ प्रतिशत प्रक्षेपण गरेको थियो । अहिले गरिएको प्रक्षेपण गत दुई प्रक्षेपण भन्दा कम रहेको छ।

कोभिड–१९ ले धरासायी पारेको अर्थतन्त्रले पूर्ण रुपमा आफूलाई जीवित पार्नु नपाई अर्को नयाँ भेरियन्टको संक्रमण उच्च दरमा फैलिँदा यस वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण कम भइको आइएमएफले जनाएको छ।

अक्टोबर महिनामा ४.९ प्रतिशत प्रक्षेपण गरिएको अमेरिकाको आर्थिक वृद्धिदर ४.४ प्रतिशतमा झरेको छ। यसै गरी संसारकै उच्च आर्थिक वृद्धिदर रहेको भनिएको चीनको आर्थिक वृद्धि दर ४.८ प्रतिशत रहने अनुमान गरिएको छ। जुन गत वर्षको तुलनामा ३.३ प्रतिशत कम हो। यसरी आइएमएफले संसारका अधिकांश देशहरुको आर्थिक वृद्धिदर कम हुने अनुमान गरेको छ।

अमेरिकी केन्द्रिय बैंक फेडरल रिर्जभ(फेड)को औसत ब्याजदर वृद्धि गर्ने चेतावनी, तथा नियन्त्रित मौद्रिक नीति, रुस र युक्रेन बीचको बढ्दो टकराव, उच्च मुद्रास्फिती, चुलिएको पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा आएको अवरोध जस्ता कारणहरु देखाउँदै आइएमएफले यस अघि गरेका वृद्धिदर प्रक्षेपणको तुलनामा यो वर्षको वृद्धिदर कम हुने बताएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।