चिलिमेको नगद लाभांश वितरण सुरु, बैंक खाता अद्यावधिक गराउन आग्रह

0
Shares

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको कर समेत ७ दशमलव ५ नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले माघ ५ गतेदेखिनै उक्त नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउने समेत कम्पनीले भनेको छ ।

कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । यस वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामै कम्पनीले जम्मा गर्नेछ । लाभांश प्रयोजनका लागि भने पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।