वडा सचिवकै मिलोमतोमा सामाजिक सुरक्षा भत्ताको ५३ लाख भ्रष्टाचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको ५३ लाख भन्दा बढी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा वडा सचिवसहित ३ जना विरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

विभागले नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नं. ०२ को वडा कार्यालयका वडा सचिव सरिता राउतसमेत ३ जना उपर बिगो ५३ लाख हजार ८५६ रुपैयाँ कायम गरी भ्रष्टाचारको अभियोग पत्र दायर गरेको हो। आयोगले वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्र विरुद्ध अभियोग दर्ता गरेको हो।

गाउँपालिकाको वडा कार्यालयबाट ०७७ चैत्र २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा भष्टाचार भएको पाइएको हो।

उनीहरु विरुद्ध सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ बिगो कायम गरी शुक्रबार बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।