कोरोनाका बाबजुत ५२ वर्ष यताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल फ्रान्स

0
Shares


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कायमै रहेपनि युरोपेली राष्ट्र फ्रान्सको अर्थतन्त्रमा उत्साहजनक वृद्धि भएको छ।

फ्रान्सले सन् २०२१ मा विगत पाँच दशक यताकै उच्च आर्थिक वृद्धि हासिल गरेको छ। युरोपेली राष्ट्रहरु मध्येको दोस्रो ठूलो अर्थतन्त्र भएको फ्रान्सको अर्थतन्त्रमा ७ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०२१/२२ को तेस्रो त्रैमासमा ३.४ प्रतिशत र चौथो त्रैमासमा ०.७ प्रतिशतले अर्थतन्त्रमा वृद्धि हुँदा कुल आर्थिक वृद्धि दर ७ प्रतिशत पुगेको छ।

उपभोत्ताहरुले गर्ने खर्च र औद्योगिक व्यवसायमा लगानी वृद्धि भएका कारण फ्रान्सले आर्थिक विकासमा नयाँ इतिहास बनाउन सफल भएको हो। पर्यटन व्यवसाय प्रमुख आम्दानीको स्रोत रहेको फ्रान्सको होटल तथा पर्यटन व्यवसायको भने पूर्ण आर्थिक पुर्नउत्थान हुन सकेको छैन। तथापि औद्योगिक क्षेत्रमा बढेको लगानीले गर्दा रोजगारीका अवसरहरु सिर्जना हुँदा अर्थतन्त्रले फड्को मार्न सफल भएको हो।

ऐतिहासिक आर्थिक वृद्धि दरले फ्रान्सका राष्ट्रपति इमानुल माक्रनलाई नजिकै आएको चुनावमा जीतको नजिक पु¥याउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।