समता घरेलु लघुवित्तको पूँजी बढेर नाफा घट्दा EPS ११ रुपैयाँ घट्यो

0
Shares

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को चुक्ता पूँजी बढेर नाफा घट्दा त्यसको असर वार्षिक प्रतिसेयर आम्दानीमा परेको छ ।  गत आवको दोस्रो त्रैमासको तुलनामा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशतले बढ्दा लघुवित्तको खुद नाफा २.४३ प्रतिशतले घटेको छ ।

यसको असरले लघुवित्तको गत आवको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी (इपिएस) ३१.७५ रुपैयाँबाट ११.०२ रुपैयाँ घटेर २०.७३ रुपैयाँमा खुम्चिएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४२.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०.३९ गुणा छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३ करोड ५५ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आवको यसैअवधिमा लघुवित्तले ३ करोड ६४ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ३६.०३ प्रतिशत, सापटी ५९.९२ प्रतिशत, निक्षेप ३४.२८ प्रतिशत र कर्जा लगानी ५५.२५ प्रतिशत, खुद ब्याज आम्दानी ८७.९७ प्रतिशत र सञ्चालन मुनाफा ४७३.४५ प्रतिशत बढेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा आर्षक बढेपनि बढेपनि गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा खराब कर्जा संकलन न्यून हुँदा नाफा घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ३७ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ६६ लाख रुपैयाँ मात्र खराब कर्जा उठाएको छ ।

लघुवित्तले पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ७३ करोड ९२ लाख सापटी तथा १ अर्ब ३ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब ९७ करोड ४४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

गत आवको यही अवधिमा खुद ब्याज आम्दानी ६ करोड २३ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३४ लाख ४३ हजार रुपैयाँमा सीमित थियो ।चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषको आकार ३६.०३ प्रतिशत बढाएर १४ करोड ४८ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवपधिमा रिजर्भमा १० करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको थियो।

लघुवित्तको खराब कर्जा अनुपात २.०९ प्रतिशत र कस्ट अफ फण्ड ८.२७ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।