
त्रिभुवन विश्वविद्यालयले स्थगित गरिएका विभिन्न संकायका परीक्षाहरु फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ ।
कोरोना संक्रमण बढेसँगै त्रिविले गत माघ ६ गते सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सबै परीक्षास्थगित गर्नुका साथै माघ ११ देखि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरेर अनलाईन माध्यबाट मात्र कक्षा सञ्चालन गर्दै आइरहेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको हो । विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चारवर्षे बीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिंग साइकोलोजी, तीनवर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा र स्कुल काउन्सेलिङ र पोष्ट ग्राजुएट उमन स्टडीजको पूरा तथा आंशिक परीक्षा फागुन १ देखि देखि हुने छ ।
यस्तै तीन वर्षे स्नातक तह तेस्रो वषको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षार्थीहरुको परीक्षा फागुन ११ देखि हुने जनाएको छ ।
विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरु कार्यालयको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
