नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा पुनः महावीर पुन

0
Shares

नेपाल बैंक लिमिटेड (NBL) को ब्रान्ड एम्बेसेडरमा पुनः डा. महावीर पुन चयन भएका छन् ।

नेपालको पहिलो बैंकको रुपमा स्थापित नेपाल बैंकले ब्रान्ड एम्बेसेडरमा राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनलाई निरन्तरता दिएको हो । बैंकले यसअघि एक वर्षका लागि ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको थियो । उक्त समय सकिएपछि पुनः उनलाई नै थप १ वर्ष अवधिका लागि निरन्तरता दिइएको हो ।

माघ २० गते बिहीबार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. पुनकाले ब्रान्ड एम्बेसेडर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्रान्ड एम्बेसेडरका रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्रीवृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनजस्तो विशिष्ट ब्यक्तित्वका साथै आमनेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्रान्ड एम्बेसेडरका रुपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताएका थिए ।

नेपाल बैंकले देशभर २१३ शाखा, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउन्टर लगायत करिब २ हजार ५०० कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
नेपाल बैंकले पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्र रुपमा व्यवसाय विस्तार गर्न सफल बैंकप्रतिको विश्वासका कारण नेपाल बैंक ग्राहककोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।