रिलायबल नेपाल लाइफको खुद नाफा १८ करोड माथि, प्रिमियम मूल्यको आईपीओ पाइपलाइनमा

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको यसै अवधिमा १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा १.४६ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क पनि १ अर्ब ३१ करोड ५५ लाख रुपैयाँबाट बढाएर १ अर्ब ९२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पुस अन्त्यसम्म आइपुग्दा ४६.२३ प्रतिशत बढेको छ ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५.७९ रुपैयाँ रहेको रिलायबल नेपालको प्रतिसेयर नेटवर्थ १७८.२५ रुपैयाँ र कुल सम्पत्तिको मूल्य ५५०.३९ रुपैयाँ छ ।

पुस अन्त्यसम्म इन्स्योरेन्सको जगेडा कोष २५.७० प्रतिशत बढेर १ अर्ब ६० लाख रुपैयाँ, जीवनबीमा कोष ८९.२८ प्रतिशत बढेर ३ अर्ब ६१ करोड रुपैयाँ र महाविपत्ति कोष ३०.५३ प्रतिशत वृद्धि भएर ९ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्त सम्ममा कम्पनीले ७ हजार १०० वटा दाबी भुक्तानीबापत ५८ अर्ब ४८ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम नरहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । यस अवधिसम्म कुल ४६ लाख ९४ हजार ४७३ जारी बीमालेख संख्या रहेको रिलायबलले दोस्रो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

रिलायबले जारी पूँजीको ३० प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा बिक्री गर्न २०७८ साउन १२ गते नै नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति समेत मागेको छ । आईपीओ बिक्रीका लागि कम्पनीले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ दिएको छ । यो रेटिङ्ग प्रापत संस्था वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको जनाउँछ भने आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।